कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्न खरिद गर्न स्वीकृति दिएको छ । नरेन्द्र मोदी नेतृत्वको केन्द्रीय सरकारको मन्त्रिपरिषद्ले नेपालसँग भएको बिजुली खरिद सम्झौता स्वीकृत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको बेला नेपाल र भारतबीच १० हजार मेगावाट बिजुली किनबेचको सम्झौता भएकोमा भारतले सम्झौतालाई औपचारिक रूप दिएर मन्त्रिपरिषदबाटै पारित गरेको हो ।
भारतका लागि नेपाली राजदूत डाक्टर शंकरप्रसाद शर्माले पनि भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने निर्णय गरेको उल्लेख गर्दै बिजुलीको क्षेत्रमा नेपालका लागि यो ठूलो उपलब्धि हुने बताउनुभएको छ । भारतको यो निर्णयले नेपालको आर्थिक विकास र पुनर्संरचनामा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उहाँले उल्लेख गर्नुभएको छ ।
भारतीय मन्त्रिपरिषद्ले बिजुली खरिद सम्झौता स्वीकृत गरेको जानकारी प्राप्त भएको नेपालको प्रधानमन्त्री कार्यालयले जनाएको छ । भारतको यो निर्णय नेपालको आर्थिक विकासका लागि कोशेढुङ्गा साबित हुने प्रधानमन्त्री कार्यालयले जनाएको नवभारत टाइम्स ले उल्लेख गरेको छ । प्रधानमन्त्री प्रचण्डले नेपालले जलविद्युत् क्षेत्रमा ठूलो परिवर्तन ल्याइरहेको र जलविद्युत् क्षेत्रमा विदेशी लगानी भित्र्याउने वातावरण सिर्जना गरिरहेको बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।