संयुक्त राष्ट्रसङ्घद्वारा प्लास्टिक प्रदूषण सङ्कटसँग जुध्न बाध्यकारी सन्धिको पहिलो मस्यौदा सार्वजनिक

 भदौ २०, २०८० बुधबार ६:२६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घले प्लास्टिक प्रदूषण सङ्कटसँग जुध्न बाध्यकारी सन्धिको पहिलो मस्यौदा सार्वजनिक गरेको छ ।

योसँगै विश्व प्लास्टिक प्रदूषण नियन्त्रणको दिशामा एक कदम अगाडि बढेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

सन् २०२४ को अन्त्यसम्ममा विश्वका एक सय ७५ देशले समुद्र, चराचुरुङ्गीको पेट र हिमालको चुचुरोमा हुने प्लास्टिक प्रदूषणलाई नियन्त्रण गर्ने ऐतिहासिक सम्झौतामा पुग्ने गरी काम गरिरहेका छन्।

विश्वव्यापी प्लास्टिक उत्पादन दोब्बरभन्दा धेरैले बढेर ४६ करोड टन पुगेको छ र अब पनि केही नगरे सन् २०६० सम्ममा यो तीन गुणाले बढ्न सक्ने आँकलन छ ।

यो मस्यौदा केन्याको राजधानी नैरोबीमा आउँदो नोभेम्बर १३ र १९ तारिखमा हुने नयाँ वार्ताको आधार बन्ने संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमले जनाएको छ ।

प्राथमिक प्लास्टिक पोलिमरको उत्पादन घटाउने मुख्य विषयलाई जोड दिइएको छ ।

ग्रिनपिसका वरिष्ठ नीति सल्लाहकार साम चेतन वेल्शले प्लास्टिक पोलिमरको उत्पादनलाई सीमित गर्ने योजनालाई ‘आवश्यक’ नै भएको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया