दुबाे र रुखबिरुवामा क्षति पुगेपछि मेयर शाहकाे कटाक्ष– ‘नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ’

 असोज ४, २०८० बिहीबार १८:१६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – शिक्षकहरूकाे आन्दाेलनका कारण सडकका दुबाे र रुखबिरुवामा क्षति पुगेपछि काठमाण्डाैका मेयर बालेन्द्र शाहले कटाक्ष व्यक्त गर्नुभएकाे छ ।

संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकप्रति असन्तुष्टि जनाउँदै देशैभरका विद्यालय बन्द गरेर शिक्षकहरूले काठमाण्डौमा आन्दोलन गरिरहेका छन् । त्यही क्रममा आज बिहीवार माइतीघर क्षेत्र सडकका दुबाे र रुखबिरुवामा क्षति पुगेपछि मेयर शाहले सामाजिक सञ्जालमार्फत कटाक्ष व्यक्त गर्नुभएकाे हाे । 

शाहले महाकवि लक्ष्मीप्रसाद देवकाेटाकाे कविता सम्झिँदै कटाक्ष गर्नुभएकाे हाे । उहाँले फेसबुकमा लेख्नुभएकाे छ–

नटिप्नु हेर कोपिला

नचुँड्नु पाप लाग्दछ

नच्यात्नु फूल नानी हो

दया र धर्म भाग्दछ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटा

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया