शिक्षकहरूकाे आन्दाेलनमा जे देखियाे...

 असोज ४, २०८० बिहीबार २०:१६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज बिहीवार बिहानदेखि नै शिक्षकहरूकाे आन्दोलनका कारण काठमाण्डौमा गाडी आउजाउ प्रभावित भयाे । थापाथलीबाट माइतीघर जाने गाडीहरूलाई रोकिएको थियो । ती गाडीहरू प्रसूति गृहतर्फ मोडिएका थिए । प्रसूति गृहतर्फबाट बबरमहल हुँदै बानेश्वर जाने बाटो पनि बन्द थियो । त्यस्तै सिंहदरबार तथा पुतलीसडकबाट माइतीघरतर्फ आउने बाटो पनि बन्द थियो । जसका कारण काठमाण्डौको ट्राफिक व्यवस्थापन दिनभरि नै अस्व्यस्त भयो ।

शिक्षकहरू हतार हतार माइतीघरतर्फ गइरहेका थिए । माइतीघरमै शिक्षकको हाजिर गर्ने व्यवस्था गरिएको थियो । यसले गर्दा शिक्षकहरू आफ्नो हाजिर गर्ने कता हो भन्दै खोजेर हिँडिरहेका देखिन्थे । भिड धेरै भएका कारण जिल्लाका र आफ्नो विद्यालयका हाजिरी बोकेका शिक्षक पत्ता लगाउन उनीहरूलाई गाह्रो परिरहेको थियो ।

शिक्षकहरू विभिन्न समूह बनाएर आन्दोलनमा आएका थिए । पहिले नै केही शिक्षकहरू बानेश्वरको निषेधित क्षेत्रमा पुगिसकेको थिए । निषेधित क्षेत्रबाट बानेश्वरतर्फ जान नदिएपछि शिक्षकहरू गाडीमा माइकिङ गर्दै फर्किए । फर्कने क्रममा उनीहरूलाई प्रहरीले 'स्कर्टिङ' गर्दै लगेकाे थियो ।

केही शिक्षक–शिक्षिकाहरू स्कुले पोसाकमै आन्दोलनमा आएका थिए । चर्को घामका कारण शिक्षक–शिक्षिकाहरू शीतल खाेज्दै पटक–पटक रुखको छहारीमुनि पुग्थेँ । आन्दोलनमा टिकटक बनाउनेहरू पनि थिए । चटपटे, पानीपुरी बेच्नेकोमा राम्रै भिड थियो । पानी बेच्नेहरूको व्यापार पनि राम्रै थियो । भिड धेरै भएका कारण सडक छेउका दुबाे र रुखबिरुवामा पनि क्षति पुगेको छ ।

बेलुका ५ बजे औपचारिक कार्यक्रम सकिएपछि पनि हाजिर गर्ने हतारो देखिन्थ्यो । त्यस्तै कार्यक्रम सकिएपछि गाडी चढ्न कता जाने भन्ने अलमल पनि देखिन्थ्यो ।

शिक्षक आन्दोलनको आजका केही तस्बिरहरू–

तस्बिर : वैद्यनाथ पाैडेल

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया