जाडोमा विद्युतीय उपकरणको अत्यधिक प्रयोग गर्दा सावधानी अपनाउन ...
माघ ७, २०८१ सोमबार
काठमाण्डौ – १९ औँ एसियाली खेलकुद प्रतियोगिताको भव्य उद्घाटन भएकाे छ । चीनका राष्ट्रपति सी जीनपिङले हान्झाउमा प्रतियोगिताको उद्घाटन गर्नु भएको हाे । चीनले विश्वलाई नै चकित पार्नेगरी विभिन्न प्रविधि र गतिविधि तथा कला संस्कृति देखाएको छ । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुनुभयाे ।
केही खेलहरु यसअघि नै शुरु भइसकेका भए पनि औपचारिक उद्घाटन आज भएकाे हाे । उद्घाटन समारोहका लागि हान्झाउलाई झकिझकाउ पार्नुका साथै त्यहाँको पहाडी सुन्दरता र नदीहरूलाई सिधै मञ्चमा उतारेर प्रस्तुत गरिएको छ ।
एसिया मात्रै नभएर विश्वले नै उद्घाटन यो समारोहलाई चासो दिएर हेरेको छ । प्रतियोगितामा ४० खेलका ६१ वटा विधामा चार सय ८१ प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिताको मूल नारा ‘हर्ट टु हर्ट एट फ्युचर’ अर्थात भविष्यमा हृदयदेखि हृदयसम्म रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।