बाग्लुङको काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले लाेकतन्त्रमा आन्दाेलनरत सबैका आवाज सुन्नुपर्ने बताउनुभएकाे छ ।
काठमाण्डाै महानगरमा फुटपाथ व्यवसायीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग गर्दै सामाजिक अभियन्ता ई: ले गरिरहेकाे आन्दाेलनप्रति ऐक्यबद्धता जनाउँदै महामन्त्री थापाले शान्तिपूर्णरूपमा उठाइएका विषयलाई महानगरले महत्त्वका साथ सुन्नुपर्ने बताउनुभएकाे हाे । उहाँले सहरकाे अन्य आवागमनलाई असर नपर्ने गरी फुटपाथ व्यवसायीलाई व्यवस्थापन गर्न सकिने ठाउँहरू रहेकाे बताउनुभएकाे छ ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, लोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्छ, शान्तिपूर्णरूपमा उठाइएका विषयलाई त अझ महत्त्वका साथ सुन्नुपर्छ । ई: लगायत साथीहरूले उठाएको मूलतः फुटपाथ व्यवसायी 'Street Vendors' को विस्थापन होइन उचित व्यवस्थापन हुनुपर्छ भन्ने मागका विषयमा सहरको अन्य आवागमनलाई असर नपर्ने गरी व्यवस्थापन गर्न सकिने ठाउँहरू छन् । सँगै बसेर कुरा गरेपछि, एकअर्काको मत–दृष्टिकोण सुनेपछि/बुझेपछि एउटा उपाय निस्कन्छ नै ।
महामन्त्री थापाले काठमाण्डाै महानगरले सामाजिक अभियन्ता ईः सँग तत्काल वार्ता गर्नुपर्ने पनि बताउनुभएकाे छ । उहाँले अभियन्ता ई: लगायतका साथीहरूका बारेमा काठमाण्डाै महानगरका मेयर बालेन्द्र शाहसँग भेटेरै कुरा गर्न कोसिस गरिरहेको पनि बताउनुभएकाे छ ।
— Gagan Thapa (@thapagk) September 24, 2023
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।