गाईको चित्र अङ्कित 'मेडालियन सिक्का' को बिक्री शुरु, कति पर्छ मूल्य ?

 असोज ७, २०८० आइतबार १५:४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपछि पुराना मेशिनहरू मर्मत गरी मुद्रणसम्बन्धी काम शुरु गरेको छ ।

महाशाखाले आज आइतवारदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित 'मेडालियन सिक्का' को बिक्री/वितरण शुरु गरेको छ । टक्सार महाशाखामा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले सिक्का सार्वजनिक गर्नुभयो ।

महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी बिक्री शुरु गरेको हो । १० ग्राम सिक्काको मूल्य १६ सय रुपैयाँ र २५ ग्राम सिक्काको चार हजार रुपैयाँ निर्धारण भएको छ ।

बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको टक्सार महाशाखाले जनाएको छ । दर उल्लेख नगरि निष्कासन गरिएको सिक्कालाई मेडालियन भनिन्छ ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया