जाडोमा विद्युतीय उपकरणको अत्यधिक प्रयोग गर्दा सावधानी अपनाउन ...
माघ ७, २०८१ सोमबार
काठमाण्डाै – चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा वैदेशिक व्यापारका सबै सूचकमा कमी आएको छ । अर्थतन्त्रका मुख्य सूचकमा सुधार देखिए पनि आयात, निर्यात र समग्र वैदेशिक व्यापारमा कमी आएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
साउन र भदौ महिनामा दुई खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो आयात रकम गएको आर्थिक वर्षको साउन र भदौको तुलनामा पाँच प्रतिशतले कम हो । यस्तै साउन र भदौमा गरेर २६ अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो गएको वर्षको शुरुको दुई महिनाको तुलनामा झन्डै आठ प्रतिशतले कमी हो । आयात र निर्यात मात्र नभई समग्र व्यापारमा नै कमी आएको छ ।
दुई महिनामा दुई खर्ब ८६ अर्ब १९ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । याे गएको वर्षको दुई महिनाको तुलनामा पाँच दशमलव ३२ प्रतिशतले कम हो । साउन र भदौमा दुई खर्ब ३३ अर्ब ३० करोड रुपैयाँको व्यापार घाटा भएको छ । गएको वर्षको दुई महिनामा दुई खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँ व्यापार घाटा थियो ।
गएको वर्ष विदेशी मुद्राको सञ्चितिमा कमी आउँदा सरकारले महँगा गाडी, मोबाइल र विलासिताका अन्य धेरै वस्तुको आयातमा रोक र परिमाणात्मक बन्देज लगाएको थियो । तर अहिले कुनै बन्देज नभए पनि आयातमा कमी आउनुलाई विज्ञहरूले आर्थिक मन्दीको असर भनेका छन् । दशैँ र तिहारका लागि समेत साउन र भदौमा विदेशबाट वस्तुको आयात हुँदा यी दुई महिनामा विगतमा आयात उच्च हुन्थ्यो तर यस पटक भने सरकारले कुनै रोकताेक नगर्दा र चाडबाड मुखैमा आइपुग्दा समेत आयातमा कमी आएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।