जाडोमा विद्युतीय उपकरणको अत्यधिक प्रयोग गर्दा सावधानी अपनाउन ...
माघ ७, २०८१ सोमबार
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण नेपाल र चीनबीचको आर्थिक साझेदारीलाई अझ प्रगाढ बनाउने अवसर भएको बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) को आयोजनामा भएको 'नेपाल चीन बिजनेस समिट' मा प्रचण्डले आफ्नो भ्रमणले सम्बन्धलाई बलियो बनाउने बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले नेपालमा अवसरहरूकाे सम्भावना भएकाले उद्यमी र लगानीलाई स्वागत गरिन्छ भन्ने सन्देश दिन आफू समिटमा आएको बताउनुभयो ।
एक सय २० जना चिनियाँ कम्पनीको सहभागिता रहेको समिटमा प्रधानमन्त्री प्रचण्डले नेपालमा जलविद्युत्, कृषि, वन, जडीबुटी र सूचना प्रविधिको क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल आउने बताउनुभयो । चीनले पूर्वाधारदेखि औद्योगिकीकरणसम्म, मानव विकासदेखि गरिबी निवारणसम्म गरेको अकल्पनीय विकासबाट संसारले पाठ सिक्नुपर्ने उहाँले बताउनुभयो ।
समिटमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अवसर, पर्यटन प्रवर्धन र निर्यात विस्तारका विषयमा धारणा राख्नुभयो । समिटमा नेपालबाट ५० जना उद्योगी व्यापारी सहभागी थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।