१९ वर्षमुनिको महिला विश्वकपको तयारी गर्न नेपाली टोली चितवनमा
पुस १०, २०८१ बुधबार
नागोर्नो–काराबाखलाई अस्तित्व नै समाप्त हुनेगरी विघटनको घोषणा गरिएको छ ।
आर्मिनियाली नेता सम्वेल शाहरामन्यानले आउँदो जनवरी एक तारिख अर्थात् नयाँ वर्षको पहिलो दिनदेखि नै सबै राज्य संस्था विघटन गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उहाँले नागरिकको सुरक्षाका लागि यो निर्णयमा पुगेको दाबी गर्नुभएको छ ।
राज्य संस्थालाई विघटन गर्ने आदेशमा हस्ताक्षरपछि नागोर्नो–काराबाखको स्वघोषित गणतन्त्रको अस्तित्व समाप्त भएको हो । तीन दशकदेखि अर्मेनियालीहरूको नियन्त्रणमा रहेको यो क्षेत्र अजरबैजानले गएको हप्ता कब्जा गरेको थियो ।
राजनीतिक विश्लेषकहरूले अजरबैजानको आक्रमणपछि भएको यो कदमलाई नाटकीय घोषणा भनेर टिप्पणी गरेका छन् । अजरबैजानका सेनासँग अर्मिनियाली जनजाति पराजित भएका थिए । तर रुसको मध्यस्थतामा यही सेप्टेम्बर २० तारिखमा उनीहरुबीच युद्धविरामको घोषणा भएको थियो ।
अन्तर्राष्ट्रिय समुदायले काराबाख क्षेत्रलाई अजरबैजानकै भू–भागको मान्यता दिए पनि यसअघि उनीहरुले आफूलाई स्वघोषित स्वतन्त्र राज्य मान्दै आएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।