युक्रेनी शरणार्थी सन् २०२५ को मार्चसम्म युरोपमा बस्न पाउने

 असोज १२, २०८० शुक्रबार ९:८:१८ | एजेन्सी
unn.prixa.net

युरोपेली सङ्घ (ईयू) ले युक्रेनका शरणार्थीलाई ईयूका देशमा सन् २०२५ को मार्चसम्म बस्न पाउने अधिकार सुनिश्चित गरेको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि आफ्नै देशबाट पलायन भएका उनीहरूलाई सदस्य देशहरुमा आवासको अधिकार दिइएको हो ।

यो व्यवस्थाले झण्डै चार लाख युक्रेनी शरणार्थीलाई सहज भएको छ । ईयूले युक्रेनी नागरिकलाई आवश्यक सबै सहयोग गर्ने स्पेनी गृहमन्त्री फर्नान्डो ग्रान्डे–मार्लास्काले बताउनुभएको छ ।

स्पेन ईयूको वर्तमान अध्यक्ष देश हो । रुसले युक्रेनमा आक्रमण थालेपछि लाखौँ युक्रेनी शरण खोज्न युरोपका अरु देशमा पुगेका छन् । 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया