सप्तरीबाट १ सय वटा वाकीटकी बरामद

 असोज १४, २०८० आइतबार २०:४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरबाट प्रहरीले आज आइतवार एक सय वटा वाटीटकी बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बीओपी छिन्नमस्ताबाट खटिएकाे टोलीले भारतबाट अवैध रूपमा ल्याउँदै गरेको एक सय वटा पोर्टेबल वाकिटकी ह्यान्ड सेट बरामद गरेको हो ।

कार्टुनमा वाकीटकी बाेकेर आउँदा गरेका व्यक्ति प्रहरीलाई देख्नासाथ सामान छाेडेर फरार भएका थिए । वाकीटकी कुन प्रयोजनका लागि ल्याइएकाे हाे भन्नेबारे खुल्न नसकेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीले जनाएको छ । बरामद भएकाे वाकीटकीको मूल्य झन्डै आठ लाख रुपैयाँ बराबराे रहेकाे जनाइएकाे छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया