इन्द्रजात्रा अवलोकन गर्न आएका पाहुना स्वदेश फर्किए

 असोज १५, २०८० सोमबार ७:२०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - यस वर्षको इन्द्रजात्रा अवलोकन गर्न आएका विदेशी पाहुनाहरू स्वदेश फर्किएका छन् । असोज ११ गते इन्द्रजात्राको मुख्य दिन परेको थियो ।  असोज १० गते काठमाण्डौ आइपुगेका पाहुनाहरू जात्रा सकिएसँगै स्वदेश फर्किएका हुन्  । 

आमन्त्रित विदेशी अतिथि (१६ वटा भगिनी सम्बन्ध र नौवटा अन्तर्राष्ट्रिय सङ्घसंस्था) मध्ये यस वर्ष तीनवटा देश (चीन, अमेरिका र दक्षिण कोरिया) का पाँचवटा नगर र एउटा संस्थाबाट प्रतिनिधि आएका थिए । यसमा चीनका छेन्दु, सियान, चान्चाउ र नान्जिन गरी चारवटा नगर र अमेरिकाको फेडरिसबर्ग नगरका प्रतिनिधि थिए । उनीहरु सबै स्वदेश फर्किसकेका छन् । 

त्यसैगरी काठमाण्डाै महानगरपालिकासँग सम्बन्ध भएका र जात्रा अवलोकन गर्न आएका स्वदेशी पाहुनाहरू पनि फर्किसकेका छन् । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया