बाजुराको स्वामीकार्तिकमा एमालेकी भण्डारी विजयी
मंसिर १७, २०८१ सोमबार
काठमाण्डाै - वीरगञ्जमा रहेकाे घण्टाघर वरिपरि जडान गरिएको बत्ती तोडफोड र चोरी गरेकाे आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका–८ का १८ वर्षीय अविनाश खत्री र भारतको मोतीहारी घर भएका १८ वर्षीय नितेश मल्लिकलाई घण्टाघर क्षेत्रबाटै प्रहरीले पक्राउ गरेको हो।
सीसीटीभीमा देखिएकाे दृश्यका आधारमा अनुसन्धान गर्दा खत्री र मल्लिक संलग्न रहेको निष्कर्षका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो ।
पक्राउ परेका उनीहरुविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।
वीरगञ्ज महानगरपालिकाले घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरेको बत्ती गएकाे शुक्रवार राति तोडफोड तथा चोरी भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।