चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि तीन दशमलव नाै प्रतिशत हुने प्रक्षेपण गरेको छ । अर्धवार्षिक रूपमा सार्वजनिक गर्ने विश्व बैंकको प्रतिवेदनले आयात प्रतिबन्ध हट्नु, पर्यटन क्षेत्रको पुनरुत्थानतर्फ जानु तथा मौद्रिक नीति बिस्तारै खुकुलो बन्दै गएकाले चालु आर्थिक वर्षमा सन्तोषजनक आर्थिक वृद्धि हुने जनाएको हो ।
सरकारले भने यो आर्थिक वर्षमा छ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ । गएकाे आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि एक दशमलव नाै प्रतिशत मात्रै भएको थियो । विश्व बैंकले आउँदो वर्ष भने नेपालको आर्थिक वृद्धि पाँच प्रतिशतमा पुग्ने अनुमान गरेको छ । तर नेपालमा मनसुनका कारण कृषि उत्पादन घट्नसक्ने, वस्तुको मूल्यवृद्धि उच्च हुनसक्ने तथा भारतले केही सामानमा निर्यात प्रतिबन्ध गरेकाले त्यसको असर आर्थिक वृद्धिमा देखिनसक्ने जोखिम पनि रहेको विश्व बैंकले जनाएको छ ।
यस्तै यस वर्ष मूल्यवृद्धि बढ्ने विश्व बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा छ दशमलव पाँच प्रतिशत मूल्यवृद्धि हुने जनाए पनि विश्व बैंकले भने साढे सात प्रतिशत मूल्यवृद्धिको प्रक्षेपण गरेको छ ।
यो वर्षको दक्षिण एसियाको आर्थिक वृद्धि पाँच दशमलव आठ प्रतिशत हुने र विश्वका अरू क्षेत्रको तुलनामा दक्षिण एसिया केही सहज अवस्थामा रहेको रिपोर्टमा उल्लेख छ । दक्षिण एसियामा सबैभन्दा उच्च आर्थिक वृद्धि भारतको छ दशमलव तीन प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।