कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा मौसम आंशिक बदली
माघ २०, २०८१ आइतबार
काठमाण्डाै - कतारको दोहाबाट काठमाण्डाै आएको कतार एअरको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७ बजेर १२ मिनेटमा अवतरण हुनै लाग्दा जहाजले ओभरसुट गरेको हो । धावनमार्ग नदेखेपछि ‘मिस अप्रोच’ गरेको जहाज केही समयपछि विमानस्थलमा अवतरण गरेको थियाे ।
विमानस्थल कार्यालयका अनुसार कतार एअरको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभरसुट गरिएको हो । 'जहाजले एप्रोच नमिलेर ओभरसुट गरेको हो, कहिलेकाहीँ ‘एप्रोज प्रोफाइल’ नमिलेर, जहाज हाइ अल्टिच्युट भएर आउँदा पनि यस्तो हुन्छ', विमानस्थलका एक उच्च अधिकारीले भन्नुभयो । यसरी ओभरसुट गरेको जहाजले एक राउण्ड लगाएर झण्डै २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ ।
सिमरामाथिको आकाशबाट काठमाण्डाै विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाण्डाै विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।