काठमाण्डौबाट दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज काठमाण्डौ नै फर्कियो

 असोज १८, २०८० बिहीबार ७:२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौबाट दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज काठमाण्डौ नै फर्किएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको नेपाल एअरलाइन्सको आर ए ४१२ नम्बरको जहाज काठमाण्डौ फर्किएको हो ।

जहाजमा हुने टिकास (जहाजको आसपासमा केही समस्या आए अलर्ट अर्थात् जनाउ दिने प्रविधि) मा खराबी आएकाले जहाजलाई फर्काइएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जहाज गएराति १२ बजेर १४ मिनेटमा उडेकाे जहाज बिहान ४ बजेर ५१ मिनेटमा अवतरण गरेको थियो ।

‘पाकिस्तानको सीमा नजिकै पुगेको जहाज प्रविधिमा खराबी आएको थाहा पाएपछि भारतीय आकाशबाटै फर्किएको हो’– विमानस्थलका एक कर्मचारीले उज्यालोलाई जानकारी दिए । उनका अनुसार यो जहाजका यात्रुलाई अब नेपाल एअरलाइन्सकै अर्को जहाजबाट गन्तव्यमा पुर्याइने छ ।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया