इङ्ग्लिस प्रिमियर लिग लिभरपुल, चेल्सी र म्यानचेस्टर युनाइटेड वि...
मंसिर १७, २०८१ सोमबार
काठमाण्डाै – सुन तस्करी प्रकरण छानबिनका लागि सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो काम शुरु गरेको छ । आज बिहीवार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै असोज १६ गतेदेखि औपचारिक रूपमा काम शुरु गरेको जानकारी दिइएकाे हाे ।
पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष डिल्लीराज आचार्यले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले काम शुरु गरेको बताउनुभयो । उहाँले कार्यादेशअनुसारको काम सम्पन्न गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । सुन तस्करीसम्बन्धी अहिलेसम्म भएको अध्ययन र विचाराधीन मुद्दा तथा प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले अनुसन्धान गरिरहेकाे विषयमा पनि कहीँ कमजोरी भए खोज भन्ने कार्यादेश रहेको उहाँकाे भनाइ छ ।
अध्यक्ष आचार्यले पहिला जाँचबुझका सम्बन्धमा सहभागी देखिएका व्यक्तिलाई बोलाउने र नआए पक्राउ गर्ने अधिकार पनि आयोगलाई रहेको बताउनुभयो । अदालतलाई भएसरहको अधिकार आयोगले पाउने उहाँले बताउनुभयो ।
आयोगले विद्युतीय चुराेट (भेप) र साउन २ गते माेटरसाइकलकाे 'ब्रेक शु' बाट भएकाे सुन तस्करी लगायतका अन्य तस्करीजन्य विषयमा तथ्यगत जानकारी र सुझावका लागि सञ्चारमाध्यमबाट सूचना प्रकाशन गर्ने जानकारी पनि दिएको छ । त्यसैगरी सुन तस्करीको पूर्ण नियन्त्रण गर्न विद्यामान कानुनमा गर्नुपर्ने परिमार्जन र संरचनात्मक सुधार, यसअघिका तस्करीको छानबिन तथा अध्ययन र निष्कर्ष तथा प्रभाव, तस्करीमा संलग्न व्यक्तिहरूको संलग्नता र थप अनुसन्धानलगायतमा विषयमा पनि अध्ययन गर्ने बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।