सिरियामा सैनिक अधिकृतको दीक्षान्त समारोहमा ड्रोन आक्रमण : सय जनाभन्दा धेरैको ज्यान गयो

 असोज १९, २०८० शुक्रबार १२:१:१८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

सिरियामा सैनिक अधिकृतको दीक्षान्त समारोहमा ड्रोन आक्रमण हुँदा सय जनाभन्दा धेरैको ज्यान गएको छ । कम्तीमा २ सय ४० जना घाइते भएका छन् ।

होम्सको सैन्य कलेजमा समारोह चलिरहेका बेला आक्रमण भएको त्यहाँका स्वास्थ्यमन्त्रीलाई उद्धृत गरी अलजजिराले जनाएको छ । स्वास्थ्यमन्त्री हसन अल–घाबासले घाइतेहरुको अवस्था पनि निक्कै गम्भीर रहेको बताउनुभएको छ ।

समारोहमा रक्षामन्त्री सहभागी भएर फर्किएलगत्तै ड्रोन आक्रमण भएको थियो । यो घटनालाई सिरियाली सैनिकमाथिको अहिलेसम्मकै घातक मानिएको छ । दीक्षान्त समारोहमा सैन्य अधिकृतसहित उनीहरुका परिवार र आफन्त सहभागी थिए । पछिल्ला १२ वर्षदेखि सिरिया गृहयुद्धको चपेटामा परेको छ ।

आक्रमणको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले पनि होम्समा भएको ड्रोन आक्रमणप्रति दुःख व्यक्त गर्नुभएको छ । 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया