नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङ केन्द्रविन्दु भएको भूकम्पबाट पूर्ण क्षति भएका प्रतिघरपरिवारलाई अस्थायी आवास निर्माणका लागि तत्कालै ५० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।
आज शुक्रवार हेलिकप्टरबाट बझाङको सदरमुकाम चैनपुर पुगेर भूकम्पबाट भएको क्षति अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले अस्थायी आवास निर्माणका लागि तत्कालै ५० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको हो । उहाँले भूकम्पका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने बताउनुभयो ।
यस्तै भूकम्पबाट प्रभावित अरू परिवारलाई राहतस्वरूप परिवार सङ्ख्याको आधारमा मापदण्डअनुसार १५ देखि २० हजार रुपैयाँ तत्काल राहत खर्च व्यवस्था गर्ने प्रचण्डले बताउनुभयो । भूकम्पका कारण घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउनुको साथै पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा लगायत राहत सामग्रीहरू उपलब्ध गराएको र आवश्यकताका आधारमा थप गर्ने उहाँले बताउनुभयो ।
बझाङको तलकोट र चैनपुर आसपास केन्द्रविन्दु भएर मङ्गलवार गएको भूकम्प र त्यसपछिका परकम्पले बझाङ लगायत आसपासका जिल्लामा क्षति गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।