आज जितिया पर्व

 असोज २०, २०८० शनिबार ६:४७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज जितिया पर्व मनाइँदैछ । सन्तानको दीर्घ जीवन तथा पारिवारिक सुख शान्तिका लागि मनाइने यो पर्व अस्ति बिहीवारदेखि विधिवत् रुपमा शुरु भएको हो ।

जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू तथा मधेसी समुदायका महिलाले आफ्नाे सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवम् पारिवारिक सुख–शान्तिका लागि पूजा आराधना गर्दै उत्साहका साथ मनाउने गर्छन् । यस पर्वमा थारू तथा मधेसी महिला कठोर उपवास बस्ने गर्छन् । यस पर्वमा व्रतालुले पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्छन् । यस्तोमा पाकाले कथा भन्ने र तन्नेरीले सुन्ने चलन छ ।

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे लगायतले जितिया पर्वका अवसरमा सबै नेपालीमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गर्नुभएको छ ।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया