बंगलादेशसँगको खेलमा अफगानिस्तान १ सय ५६ रनमा अलआउट

 असोज २०, २०८० शनिबार १३:५७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशसँगको खेलमा अफगानिस्ताना १ सय ५६ रनमा अलआउट भएको छ । भारतको धर्मशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफागानिस्तान ३७ ओभर २ बलमा १ सय ५६  रनमा अलआउट भएको हो । उसका लागि रहमानुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए । यस्तै अजमतुल्लाह ओमरजाई र इब्राहिम जद्रानले समान २२/२२ रन बनाए ।

बंगलादेशका शकिब अल हसन र मेहदी हसन मिराजले ३/३ विकेट लिए । आज दक्षिण अफ्रिका र श्रीलंकाबिच पनि खेल हुँदैछ । यो खेल दिउँसो सवा दुई बजे दिल्लीमा सुरु हुँदैछ । यसअघि हिजो भएको खेलमा पाकिस्तानले नेदरल्यान्डस्लाई ८१ रनले र अस्ति भएको उद्घाटन खेलमा न्युजिल्याण्डले इंग्ल्याण्डलाई ९ विकेटले हराएका थिए ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया