दाङमा झण्डै २५ केजी चरेससहित तीन जना पक्राउ
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका प्रमुख सचेतक एवम् सांसद रमेश लेखकले सरकारले संसदमा पेस गरेको विद्युत् विधेयक २०८० परिमार्जन गर्नुपर्ने बताउनुभएको छ ।
आज आइतवार प्रतिनिधिसभा बैठकमा प्रमुख सचेतक लेखकले नेपालीलाई गुणस्तरीय, सस्तो र सुलभ बिजुली उपलब्धताको ग्यारेन्टी हुने गरी सरकारले विधेयक परिमार्जन गर्नुपर्ने बताउनुभएको हो । उहाँले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने र वैदेशिक लगानी बढाउने काममा पनि सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो विधेयकलाई परिमार्जन गर्न, समृद्ध बनाउन आवश्यक छ भन्ने म आग्रह गर्न चाहन्छु । यो विधेयकले सार्वजनिक क्षेत्रलाई अलि बढी महत्त्व दिएर निजी क्षेत्रलाई कमजोर आँकलन गरेको हो कि भन्ने आशङ्का गरिएको छ । विद्युत् उत्पादनकाे सन्दर्भमा वैदेशिक लगानीलाई आकर्षण गर्न जरुरी छ । नेपालीलाई गुणस्तरीय, सस्तो र सुलभ बिजुली उपलब्धताको ग्यारेन्टी सरकारले गर्न जरुरी छ ।’
प्रमुख सचेतक लेखकले सरकारले विधेयक राम्रो ल्याएको र त्यसलाई गम्भीरतापूर्वक छलफल गरेर अघि बढाउनुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।