बाजुराको स्वामीकार्तिकमा एमालेकी भण्डारी विजयी
मंसिर १७, २०८१ सोमबार
म्याग्दी – कर्णाली प्रदेशको जुम्लाका किसान भेडाच्याङ्ग्रा बिक्री गर्न १७ दिन हिँडेर गण्डकी प्रदेशको म्याग्दी आएका छन् ।
जुम्लाको पातारासी गाउँपालिका–३ का तीर्थराज बोहराको टोली दुई सय ७० वटा भेडाच्याङ्ग्रा हिँडाएर १७ औँ दिनमा आज साेमवार म्याग्दीको सदरमुकाम बेनी आइपुगेको हो । ‘हामीले गाउँमा पालेकाबाहेक बझाङ र बाजुराबाट खरिद गरेर ल्याएका भेडाच्याङ्ग्राको बजार खोज्दै बेनी आइपुगेका हौँ’, बाेहराले भन्नुभयो, ‘यहाँ ल्याई पुर्याउँदा एउटा रोज्जा च्याङ्ग्राको मूल्य ५० देखि ५५ हजार रुपैयाँ परेको छ ।’
उनीहरू जुम्लादेखि डोल्पा, रुकुम पश्चिम, ढोरपाटन हुँदै म्याग्दीको धवलागिरि गाउँपालिकाबाट परम्परागत व्यापारिक मार्गको प्रयोग गरेर च्याङ्ग्रा बेच्न बेनी आएका हुन् । मुस्ताङी भेडाच्याङ्ग्राले बजार लिन थालेपछि झन्डै १५ वर्षयता म्याग्दीमा डोल्पा र जुम्लाबाट भेडाच्याङ्ग्रा ल्याइएका थिएनन् ।
स्थानीयका अनुसार झन्डै १५ वर्षपछि जुम्लाका किसान (तराल) भेडाच्याङ्ग्रा बिक्रीका लागि म्याग्दी आएका हुन् । भेडाच्याङ्ग्रा बिक्री गर्न आउने व्यापारी र किसानलाई म्याग्दीमा तराल भन्ने चलन छ । तीर्थराजसहित चार जना मिलेर भेडाच्याङ्ग्रा बिक्री गर्न आउनुभएको हो ।
अहिलेसम्म १५ वटा मात्र भेडाच्याङ्ग्रा बिक्री भएको श्यामराज बोहराले बताउनुभयो । ‘सबैले महँगो भयो भन्छन्’, उहाँले भन्नुभयो, ‘पोखरासम्म पुर्याउँदा बिक्री हुन्छन् कि भन्ने आशा छ ।’ दशैँ पर्वलाई लक्षित गरेर यसपालि म्याग्दीमा मुस्ताङभन्दा पहिले जुम्लाबाट च्याङ्ग्रा आइपुगेका हुन् ।
म्याग्दी, कास्की, पर्वत, बाग्लुङ, काठमाण्डाै लगायत जिल्लाबाट च्याङ्ग्रा खरिद गर्नका लागि व्यापारीहरू मुस्ताङको सदरमुकाम जोमसोम पुगेका छन् । मुस्ताङका किसानका गोठबाट सङ्कलन गरेर जोमसोम ल्याइएका च्याङ्ग्रा व्यापारीले खरिद गरेर निकासी गर्दछन् ।
च्याङ्ग्राको हुल भित्रिएसँगै दशैँ आगमनको महसुस गराउँछ । उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले विशेषगरी लेकाली जडीबुटी खाने भएकाले दशैँ तिहारजस्ता पर्वमा पोषिलो मासुका रूपमा मुस्ताङका भेडाच्याङ्ग्राको माग बढी हुने गर्दछ ।
स्वादिलो र पोषिलो हुने भएकाले दशैँमा हिमाली भेडाच्याङ्ग्राको मासु उपभोग गर्ने चलन रहेको बेनीका देवेन्द्र घिमिरेले बताउनुभयो । तीन वर्षअघि प्रतिवटा २५ हजार रुपैयाँमा पाइने च्याङ्ग्राको मूल्य अहिले दोब्बरले बढेकाले सामान्य वर्गका उपभोक्ताले स्थानीय खसीबोका प्रयोग गर्न थालेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।