न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई दियाे ३ सय २३ रनकाे लक्ष्य

 असोज २२, २०८० सोमबार १८:१७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई ३ सय २३ रनकाे लक्ष्य दिएकाे छ ।

हैदराबादकाे राजीव गान्धी अन्तर्राष्ट्रिय रङ्गशालमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २२ रन बनायाे । न्युजिल्यान्डका विल याेङले सर्वाधिक ७० रन बनाए । यस्तै कप्तान टम लाथमले ५३, रचिन रवीन्द्रले ५१ र ड्यारी मिचेलले ४८ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका आर्यन दत्त, पउल भान मीकेरेन र राेल्फ भान डेर मेरवेले २/२ विकेट लिए ।

न्युजिल्यान्ड १ खेलमा २ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ भने नेदरल्यान्ड्स उति नै खेलमा अङ्कविहीन हुँदै आठाैँ स्थानमा छ । न्युजिल्यान्डले पहिलाे खेलमा इङ्ग्ल्यान्डलाई हराउँदा नेदरल्यान्ड्स पाकिस्तानसँग पराजित भएकाे थियाे ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया