यसपालि मुख्य दलका यी नेताले लगाउँदैनन् विजयादशमीकाे टीका

 कात्तिक ७, २०८० मंगलबार ८:२२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - विजया दशमीको दिन आज राजनीतिक दलका नेताहरुले पनि आफन्त, नेता कार्यकर्ता र सर्वसाधारणलाई टीका जमरा लगाइदिँदैछन् । यसपटक केही मुख्य दलका केही मुख्य नेताहरुको भने टीका छैन ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएका कारण उहाँले टीका नलगाउने हुनुभएको हो । उहाँले पारिवारिक भेटघाट मात्रै गर्ने कार्यक्रम छ । यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पनि टीका छैन । उहाँकी ठूलीआमाको निधन भएको थियो ।

यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सात महिना अघि भाइको निधनका कारण यसपटक दशैँको टीका नलगाउने हुनुभएको छ । तर नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भने टीका लगाउनुहुनेछ । उहाँले निवासमै आफन्तसँगै पार्टीका नेता कार्यकर्तालाई पनि टीका लगाइदिने कार्यक्रम छ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको निवासमै विजया दशमी मनाउँदै हुनुहुन्छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काभ्रेपलाञ्चाेकमा दाजु भाउजुको हातबाट टीका लगाएपछि काठमाण्डाैमा आएर आफ्नो निवासमा टीका लगाउने र लगाइदिने कार्यक्रम छ। 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया