भारतसँगको टेस्टमा अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमै अलआउट
मंसिर ८, २०८१ शनिबार
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास विरुद्धको युद्धमा युद्धविराम गर्न अस्वीकार गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घले युद्धविराम सम्बन्धी प्रस्ताव अनुमोदन गर्नुकासाथै विश्वका धेरै देशहरुले युद्धविरामको आह्वान गरिरहेका बेला नेतान्याहुले युद्धविराम गर्न अस्वीकार गर्नुभएको हो ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उहाँले अहिले युद्धको समय रहेको बताउनुभएको छ । उहाँले जसरी सेप्टेम्बर ११ को आक्रमणपछि अमेरिका युद्धविरामको लागि तयार भएको थिएन अहिले इजरायलको अवस्था पनि उस्तै रहेको बताउनुभयो ।
प्रधानमन्त्री नेतान्याहुले हमास विरुद्ध दोस्रो चरणको युद्ध शुरु भएको घोषणा लगत्तै इजरायली सेना स्थलमार्गबाट गाजाको मध्य क्षेत्रमा पुगेको छ । इजरायलको आक्रमणबाट गाजामा अहिलेसम्म आठ हजार तीन सय ६ जनाको ज्यान गइसकेको छ ।
गाजामा ज्यान गुमाउनेमध्ये तीन हजार तीन सय २४ जना बालबालिका रहेका छन् । इजरायतर्फ एक हजार चार सयभन्दा धेरैको ज्यान गएको छ । इजरायलले स्थलगत कारबाही बढाएपछि गाजा क्षेत्रमा मानवीय क्षतिको जोखिम झन् बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।