इजरायलसँगकाे कुटनीतिक सम्बन्ध ताेडेकाे बाेलिभियाकाे घोषणा

 कात्तिक १५, २०८० बुधबार १८:४४:४३ | एजेन्सी
unn.prixa.net

ल्याटिन अमेरिकी देश बोलिभियाले इजरायलसँगको कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ । गाजामा हजारौँ सर्वसाधारणको हत्या गरेर अमानवीय हर्कत गरेको भन्दै बोलिभियाले इजरायलसँगको कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको हो ।

बोलिभियाका उपरक्षामन्त्री फ्रेडी मामानीले पत्रकार सम्मेलनमा इजरायलसँगको सम्बन्ध तोडेको घोषणा गर्दै गाजा पट्टीमा इजरायलको आक्रामक र अत्यधिक सैन्य आक्रमणको निन्दा गर्नुभएको बीबीसीले जनाएको छ । यस्तै बोलिभियाले गाजामा आफ्नो देशले मानवीय सहायता पठाउने पनि जनाएको छ । तर इजरायलले भने बोलिभियाको निर्णयको कडा निन्दा गर्दै यसलाई ‘आतङ्कवादसमक्ष आत्मसमर्पण’ भनेको छ ।

इजरायली विदेश मन्त्रालयका प्रवक्ता लिओर हयातले कुटनीतिक सम्बन्ध तोड्ने बोलिभियाली सरकारको निर्णय आतङ्कवाद र इरानको आयोतुल्ला शासनविरुद्ध आत्मसमर्पण भएको आरोप लगाउनुभएको छ ।

यसअघि दक्षिण अमेरिकी देश कोलम्बिया र चिलीले इजरायलबाट आफ्ना राजदूत फिर्ता बोलाउने निर्णय गरेका थिए ।

अन्तिम अपडेट: पुस ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया