रुसी राष्ट्रपतिद्वारा दुःख व्यक्त

 कात्तिक १८, २०८० शनिबार २०:३४:२२ | रासस
unn.prixa.net

काठमाण्डौ – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जाजरकोट  भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

आफ्ना नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई आज शोक सन्देश पठाउँदै प्राकृतिक विपत्तिको यस दुखद् घटनाबाट पीडित नेपालीप्रति गहिरो समवेदना प्रकट गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सन्देशमा राष्ट्रपति पुटिनले नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया