देश अझै आर्थिक दबाबमा छ : प्रधानमन्त्री दाहाल

 कात्तिक २३, २०८० बिहीबार १९:४०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहालले देश अझै आर्थिक दबाबमा रहेको बताउनुभएको छ । बिहीवार काठमाण्डौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्रका धेरैजसो सूचकहरु सकारात्मक हुन गए पनि अझै पनि आर्थिक दबाब कायम रहेको उल्लेख गर्नुभयो ।

उहाँले सुशासन, समृद्धि, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको बताउनु भयो । उहाँले देशमा विद्यमान चुनौतीहरुलाई अवसरमा बदल्न सबै क्रियाशील हुनुपर्ने बताउनु भयो । उहाँले आर्थिक दबाब चिर्नका लागि रणनीतिक कदम चाल्नुपर्ने महसुस भएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘अहिले हामीले सुशासन, समृद्धि, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढिरहेको सन्दर्भमा देशमा विद्यमान चुनौतीहरुलाई अवसरमा बदल्न हामी सबै क्रियाशील हुनुपर्छ । अहिले अर्थतन्त्रका धेरैजसो सूचकहरु सकारात्मक हुन गए पनि अझै पनि हामी आर्थिक दबाबमा छाैँ । यसको अन्त्यका लागि रणनीतिक कदम चाल्नुपर्ने कुरा हामीले महसुस गरेका छौँ । भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकार अघि बढिरहेको छ ।’ 

प्रधानमन्त्री दाहालले पश्चिम नेपालमा गएको भूकम्पपछिको उद्धार र राहतमा सरकारले तदारुकताका साथ पहलकदमी लिएको दाबी गर्नुभयो । उहाँले २०७२ को भूकम्पबाट सिकेको पाठबाट यस पटक पुन:स्थापना  र पुनःनिर्माणको कामलाई व्यवस्थित रुपमा अघि बढाउन आवश्यक रहेको बताउनु भयो।

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया