भोजपुरकाे फलाटे र लालटेमा बिजुली, तिहारका बेला बत्ती पुगेपछि स्थानीय खुसी

 कात्तिक २४, २०८० शुक्रबार १३:५२:४८ | रासस
unn.prixa.net

फाइल तस्बिर

भाेजपुर - भाेजपुरकाे हतुवागढी गाउँपालिकाको फलाटे र लालटे क्षेत्रमा बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले हतुवागढी गाउँपालिका–१ को यी दुई क्षेत्रमा बिजुली पुर्याएपछि स्थानीय खुसी भएका छन् ।  प्राधिकरणका प्राविधिक कर्मचारी काजीमान राईले फलाटे र लालटे क्षेत्रमा बिजुली पुगेको बताउनु भएकाे हाे । 

'यी क्षेत्रका  एक सय घरधुरीमा विद्युतकाे पहुँच पुगेको छ भने ३५ घरधुरीमा विद्युत् मिटरसमेत जडान गरिएको छ ।' फलाटेका भीम परियारले भन्नुभयो, 'बिजुली कहिले आउला र घर उज्यालो होला भन्ने लागेको थियो, तिहारको समयमा नै घरमा बिजुली बाल्न पाइयो, हामी खुसी छौँ ।'

भोजपुर सदरमुकामबाट दक्षिणमा रहेकाे हतुवागढी गाउँपालिकाको दुई टोलमा विद्युत् सेवा पुगेसँगै याे क्षेत्रका करिब एक सय घरधुरीले विद्युत् सेवा उपयोग गर्न पाउने नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, 'गाउँपालिका क्षेत्रमा विद्युतीकरण गर्ने कार्यअन्तर्गत यी दुई वडामा पनि विद्युतीकरणकाे काम गरिएको हो ।' घरमा बिजुली बाल्न पाएपछि  नागरिकमा अहिले खुसियाली छाएको छ । 

स्थानीय रामबहादुर सुवेदीले वर्षौँदेखि बिजुली घरमा बाल्ने चाहना अहिले आएर पूरा भएको  बताउनुभयो । उहाँले भन्नुभयो, 'गाउँ बस्तीमा पुगेको बिजुलीले चमक थपेको छ । गाउँमा विद्युतीकरण हुनु पनि विकासको एउटा फड्को हो ।'

गाउँमा विद्युतीकरण भएपछि बाँकी रहेका अन्य घरमा पनि विद्युत् मिटर उपलब्ध गराइने प्राधिकरणले जनाएको छ ।  जिल्लामा करिब ८१ प्रतिशत विद्युतीकरण भइसकेको छ भने विद्युतीकरणका लागि धैरे बाँकी रहेको आमचोक र साल्पासिलिछो गाउँपालिका क्षेत्रमा पनि पूर्ण विद्युतीकरणका लागि बोलपत्रमार्फत कार्य अघि बढाइने प्राधिकरणका कर्मचारी दुर्गानन्द चौधरीले बताउनुभयो । जिल्लामा अहिले राष्ट्रिय प्रशारण केन्द्रबाट २४ हजार घरसधुरीले विद्युत् सेवा उपयोग गरी रहेका छन् । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया