आईसीसीका प्रतिनिधिद्वारा पोखरा क्रिकेट मैदान निरीक्षण
मंसिर १२, २०८१ बुधबार
भारतको उत्तराखण्ड उत्तरकाशी जिल्लामा निर्माणाधीन सडकको सुरुङ भत्किएपछि फसेका मजदुरको उद्धारमा ढिलाइ भएको छ ।
अस्ति आइतवार सुरुङभित्र फसेका ४० जना जीवित मजदुरलाई बाहिर निकाल्न एक सयभन्दा धेरै उद्धारकर्मीले आज मङ्गलवार पनि बिहानैदेखि काम गरिरहेका छन् । उनीहरूलाई बाहिर निकाल्न अर्को सुरुङ निर्माणको काम भइरहेको सरकारी अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अर्काे सुरुङ बनाउनका लागि अहिले भग्नावशेष पन्छाउने काम भइरहेको छ ।
सुरुङमा फसेका मजदुरसँग सम्पर्क स्थापित गरेको र आवश्यक अक्सिजन तथा खानाको आपूर्ति सम्भव भएको उत्तरकाशी जिल्लाका शीर्ष सरकारी अधिकारी अभिषेक रुहेलाले बताउनुभएको छ ।
उत्तरकाशी र यमुनोत्री मन्दिरलाई जोड्नका लागि सिल्क्यारा र डन्डालगाउँ सहरबीचको साढे चार किलोमिटर लामाे सुरुङ निर्माण भइरहेको थियो । यो सुरुङ प्रधानमन्त्री नरेन्द्र मोदीको सडक परियोजनाको एक हिस्सा हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।