इजरायलद्वारा गाजाको अल शिफा अस्पतालमा आक्रमण

 कात्तिक २९, २०८० बुधबार ८:४८:५३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – इजरायलले गाजाको अल शिफा अस्पतालमा आक्रमण गरेको छ । अस्पतालभित्र हमास लडाकू लुकेर बसेको भन्दै इजरायलले ठूलो आक्रमण गरेको बीबीसीले जनाएको छ । आक्रमणका कारण सयौँ बिरामी र घाइते तथा अस्पतालमा आश्रय लिएर बसेका हजारौँ नागरिकको जीवन जोखिममा परेको छ ।

इजरायलीले सेनाले अस्पतालको शल्यक्रिया भवनमै बम हानेको प्रत्यक्षदर्शीले बताएका छन् । हमास लडाकुले अस्पतालमा सहारा लिएर इजरायलविरुद्ध गतिविधि गरेकाले उनीहरुलाई मार्नको लागि आक्रमण गरिएको इजारयलको सेनाको जिकिर छ ।

अल–शिफा गाजाको सबैभन्दा ठूलो अस्पताल हो । इजरायली सेनाले अस्पतालमा रहेका सबै लडाकुलाई आत्मसमर्पण गर्न माइकिङ गरिरहेको छ । सहायता स्वयंसेवकहरुले अल–शिफा भित्रको अवस्था डरलाग्दो भएको बताएका छन् । अस्पतालमा इन्धन सकिएको छ, आपत्कालीन सेवा पनि रोकिएको छ, सयौँ घाइते छटपटाइरहेका छन् । भर्खरै जन्मिएका शिशुहरुलाई अक्सिजन दिन नसक्दा कयौँको ज्यान गएको छ ।

अस्पतालबाट शव लैजाने सुविधा नहुँदा २ सय जनालाई नजिकै खाल्डो खनेर गाडिएको छ । आज इजरायली सेनाले अस्पतालमै आक्रमण गरेपछि अवस्था अकल्पनीय हुने सहायता स्वयंसेवकले जनाएका छन् । हमासले यो अवस्थाको जिम्मेवारी अमेरिकी राष्ट्रपति जो बाइडेन र उनले परिचालन गरेको इजरायली सेनाले लिनुपर्ने बताएको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया