जुवा खेलिरहेका १९ जना थुनामा, एक लाख २१ हजार रुपैयाँ बरामद

 कात्तिक २२, २०७५ बिहीबार ९:२७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

कपिलवस्तु – प्रहरीले गएराति कपिलवस्तु नगरपालिका वडा नम्बर ८ को दोहनीमा सञ्चालित जुवा खालमा छापा मारेर १९ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले राति झण्डै १ बजे दोहनी चोक किनारको एक चामल मिलमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रवी रावलले बताउनुभयो ।

पक्राउ परेका उनीहरुको साथबाट १ लाख २१ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई राति जिल्ला प्रहरी कार्यालयमा थुनामा राखिएको छ ।

जुवा सञ्चालनमा नियन्त्रण गर्न प्रहरीले सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा लगायतमा बजारहरुमा नियमित रुपमा रात्री गस्ती बढाएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताउनुभयो । 
 

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया