स्थानीयले अवरोध गरेपछि प्रहरी घेरामा अभियन्ता ईः को प्रदर्शन

 मंसिर २७, २०८० बुधबार ७:४२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – फुटपाथ व्यवसायीलाई हटाउने ललितपुर महानगरपालिकाको निर्णयविरुद्ध अभियन्ता ईः ले गरेको प्रदर्शनमा स्थानीयबासिन्दाले अवरोध गरेका छन् । स्थानीयबासिन्दाले अवरोध गरेपछि अभियन्ता ईः र उहाँका समर्थकहरुले हिजो प्रहरीको घेरामा ललितपुर महानगरपालिकाको भवन पुल्चोक अगाडि उभिएर प्रदर्शन गरेका थिए ।

ललितपुर महानगरपालिकाले पैदल यात्रु तथा गाडी ओहोरदोहोरमा अवरोध पुगेको भन्दै गएको मङ्सिर २४ गतेदेखि लगनखेल–मङ्गलबजार सडकमा बिहान र बेलुका राखिने फुटपाथ पसललाई रोक लगाएको छ । अभियन्ता ईः र उहाँका समर्थकहरुले फुटपाथ व्यवसायलाई निषेध नभइ व्यवस्थापनका वैकल्पिक उपायहरु अपनाउन माग गरेका छन् ।

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया