कमिन्सलाई पछि पार्दै स्टार्क बने आईपीएलकै महँगा खेलाडी, २४ कराेड ७५ लाख भारुमा काेलकातामा अनुबन्ध

 पुष ३, २०८० मंगलबार १६:११:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै महँगा खेलाडी बनेका छन् ।

यूएईकाे दुबईमा चलिरहेकाे आईपीएल मिनी अक्शनमा प्याट कमिन्सलाई पछि पार्दै मिचेल स्टार्क २४ कराेड ७५ लाख भारुमा काेलकाता नाइट राइडर्समा अनुबन्ध भएका हुन् । यसअघि आजै प्याट कमिन्सलाई सनराइजर्स हैदराबादले २० कराेड ५० लाख भारुमा अनुबन्ध गरेकाे थियाे ।

स्टार्कलाई अनुबन्ध गर्नका लागि काेलकाता र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा भए पनि अन्तिममा काेलकाताले कीर्तिमानी मूल्यमा अनुबन्ध गर्‍याे ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया