बङगलादेशसँगको एकदिवसीय शृङ्खला न्युजिल्याण्डलाई

 पुष ४, २०८० बुधबार ११:५२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बङगलादेशसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला न्युजिल्याण्डले जितेको छ । आज भएको दोस्रो एकदिवसीयमा बङगलादेशलाई ७ विकेटले हराउँदै शृङ्खला २–० ले जितेको हो । जितका लागि २ सय ९२ रनको लक्ष्य न्युजिल्याण्डले ४६ ओभर २ बलमा ३ विकेट गुमाएर भेट्टायो ।

उसका हेनरी निकोलसले सर्वाधिक ९५ रन जोडे । त्यस्तै विल योङ्ग ८९ रनमा र रचिन रविन्द्र ४५ आउट भए । टम लाथम ३४ र टम बुन्डेल २४ रनमा अविजित रहे । त्यसअघि बङगलादेशले सौम्य सरकारको शतकीय पारीमा ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय ९१ रन बनाएको थियो ।

सौम्य सरकारले १ सय ६९ रन बनाए । उनी बाहेक अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । न्युजिल्यान्डका जेकुब डफी र विलियम ओरुकेरले समान तीन विकेट लिए । पहिलो खेलमा न्युजिल्यान्ड ४४ रनले विजयी भएको थियो । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल शनिवार हुनेछ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया