अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे निरीक्षण गर्‍याे

 पुष ४, २०८० बुधबार २०:३०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे अनुगमन एवम् निरीक्षण गरेको छ । आज बुधवार विभागको टाेलीले विमानस्थलमा यात्रुलाई सहजता प्रदान गर्नका लागि सम्बन्धित निकायले गरेको कामको अनुगमन एवम् निरीक्षण गरेको हो ।

अनुगमनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ अध्यागमन अधिकृत गोकर्णप्रसाद उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको प्रस्थान कक्षमा सेवाग्राहीको सुविधाका लागि १४ वटा डेक्स राखेर सेवा दिँदै आएको बताउनुभयो । उहाँले विदेशीका लागि चार वटा र नेपालीका लागि १० वटा काउन्टर राखेर सेवा प्रदान गर्दै आएको बताउनुभयो ।

वरिष्ठ अध्यागमन अधिकृत उपाध्यायले अहिले दैनिक नाैदेखि १० हजार यात्रु नेपालबाट अन्य देश जाने गरेका बताउनुभयाे । अहिले एउटा कर्मचारीले झन्डै चार सय जना यात्रुलाई पठाउने काम गरेको उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया