प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट आजदेखि : पहिलो पटक राउन्ड रोबिनका आधारमा हुँदै

 पुष ५, २०८० बिहीबार ८:५४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट आजदेखि शुरु हुँदैछ । प्रतियोगितामा ७ वटा प्रदेश र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो पटक प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुन लागेको हो ।

यसअघि प्रतियोगितामा दुई समूह विभाजन गरी शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने समीकरणमा हुँदै आएको थियो । तर यस पटकदेखि सबै टोलीले एकअर्कासँग खेल्न पाउनेछन् । शीर्ष चार टोली प्लेअफ खेल्नेछन्।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आजदेखि काठमाण्डौको कीर्तिपुर र मूलपानीमा हुने प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको छ । प्रतियोगितामा हरेक दिन चार वटा खेल हुनेछन् । कीर्तिपुरमा दुई र मूलपानी मैदानमा दुई वटा खेल हुनेछन् । लगातार दुई दिन खेलपछि एक दिन विश्राम हुनेछ । सबै खेलहरु बिहान साढे ९ बजे र दिउँसो सवा एकमा शुरु हुनेछन् ।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया