काेशीका तत्कालीन मन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णयविरुद्...
मंसिर १६, २०८१ आइतबार
सर्लाही – तपस्वी भनिने रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । आज जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजालासले बम्जनलाई थुनामा पठाउन आदेश दिएकाे हाे । अदालतको आदेशपछि बम्जनलाई आजै जिल्ला कारागार महोत्तरी चलान गरिएको छ ।
वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता कैलाश दाहाल र प्रतिवादीको तर्फबाट अधिवक्ताहरू डा. कुन्साङ लामा, अजय तामाङ, महनिधि सेढाई, अमृत कुमार लामा र दिलिपकुमार झाले बहस गर्नुभएको थियो ।
बम्जनमाथि विभिन्न जिल्लामा आश्रम सञ्चालन गरी आश्रममा पुगेका अनुयायीहरूमाथि यौन दुर्व्यवहार, बलात्कार, बेपत्ता पारेको र हत्या गरेको आरोप लागेको छ । बम्जनकाे आश्रमबाट आनीहरू सर्लाहीकी रिता बोटे, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता पारेको मुद्दा छ । बम्जनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा सिन्धुलीको आश्रमबाट बेपत्ता भएका छन् ।
बलात्कार र हत्या गरेको आरोपमा बम्जनमाथि सर्लाही जिल्ला अदालतबाट २०७७ असार २१ गते पक्राउ पुर्जी जारी भएको थियो । अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनी फरार भएका थिए । उनलाई प्रहरीले चार वर्षपछि आफ्नै घरबाट अस्ति पक्राउ परेका थियो । पक्राउ परेको दुई दिनपछि बम्जनलाई प्रहरीले जिल्ला अदालत सर्लाहीमा पेस गरेको थियो ।
आज अदालतभित्र बहस चलिरहेको समयमा ठूलो सङ्ख्यामा बाहिर बम्जनका अनुयायी तथा सर्मथक भेला भएका थिए । अदालतभित्र र बाहिर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।