प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश
माघ १८, २०८१ शुक्रबार
काठमाण्डाै - भोलिको माघे सङ्क्रान्तिका लागि नारायणगढ–मुग्लिन र बुटवल–पाल्पा सडक आज र भोलि बन्द नहुने भएको छ । भोलि माघे सङ्क्रान्ति परेकाले आज र भोलि २४सै घण्टा सडक खुला गरिएको छ ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार यसअघि आयोजनाले माघे सङ्क्रान्ति पर्वमा प्रसिद्ध धार्मिकस्थल देवघाटमा नुहाउन, दर्शन गर्न आउने भक्तजनहरुको सुविधाका लागि एक दिन सडक बन्द नगर्ने निर्णय गरेकोमा त्यसलाई परिमार्जन गरी आज पनि सडक खुला गरिएको हो ।
पर्सिदेखि माघ २० गतेसम्म दैनिक ४ घण्टा सडक बन्द हुनेछ । गएको पुस ७ गतेदेखि दैनिक ४ घण्टा सडक बन्द गरी काम थालिएकोमा थप तीन हप्ता बन्द गर्ने निर्णय भएको हो । तुइन खोलामा पुल बनाउन पहाड काट्ने काम भैरहेको छ । नारायणगढ–मुग्लिन सडक काठमाण्डौ भित्रने र बाहिरिने मुख्य सडकका रुपमा रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा धेरै गाडी गुड्छन् ।
यस्तै, सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडक खण्ड पनि आज र भोलि दुई दिन बन्द नहुने भएको छ । पुस १६ गतेदेखि राति दैनिक ६ घण्टा बन्द भएको सडक आज र भोलि माघे सङ्क्रान्तिको अवसरमा बन्द नगर्ने निर्णय भएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले जानकारी दिनुभयो । यो सडकमा राति १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक बाहेकका गाडी रोकेर सुरुङ निर्माणको काम हुँदै आएको छ ।
गएको १६ गतेदेखि एक सय दिनसम्मका लागि राति ६ घण्टा सडक बन्द गरिएको हो । तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकीसम्मको झण्डै ३ किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले सुरुङमार्ग बनाउने काम भैरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।