कीर्तिपुरमा क्रिकेट उत्सव : रुखमा चढेर खेल हेर्दै दर्शक (फोटो ...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएकाे छ । भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा आज भएको खेलमा पुलिसले आर्मीलाई १३ रनले हरायाे ।
पुलिसले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको आर्मी ३२ ओभर २ बलमा १ सय २७ रनमा अल आउट भयो । आर्मीका भीम सार्कीले ५२ रन बनाए । पुलिसका सागर ढकाल र ललित राजवंशीले समान ३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको पुलिस ३१ ओभर ४ बलमा १ सय ४० रनमा अल आउट भयो । पुलिसका सुनिल धमलाले ५२ रन बनाए । आर्मीका सोमपाल कामीले ४ विकेट लिए । यो जितसँगै पुलिस ६ अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ । आर्मी ४ अङ्कसहित छैटौँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।