इजरायल–हमासबीच आउँदो सोमवारसम्ममा युद्धविरामको घोषणा हुन सक्छ : अमेरिकी राष्ट्रपति बाइडेन

 फागुन १५, २०८० मंगलबार १५:२१:१३ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमासबीच आउँदो सोमवारसम्ममा युद्धविरामको घोषणा हुन सक्ने बताउनुभएको छ ।

कतारमा इजरायल र हमासका प्रतिनिधिहरूबीच भइरहेको वार्तामा केही प्रगति भएको रिपोर्टका बीचमा बाइडेनको टिप्पणी आएको हो । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले आफूलाई दिएको जानकारीअनुसार दुवै पक्ष युद्धविरामको नजिकै रहेको बाइडेनको भनाइ छ ।

न्युयोर्कमा पत्रकारहरूसँग कुरा गर्दै बाइडेनले इजरायलको मुख्य सहयोगी भएको नाताले आफू अब इजरायल युद्धविरामका लागि तयार हुने आशामा रहेको पनि बताउनुभयो । इजरायलले हमासविरुद्ध अभियान चलाउँदा सर्वसाधारणको सुरक्षाको बारेमा सोच्नैपर्ने बाइडेनको भनाइ छ ।

गाजामा तत्काल युद्धविरामको माग गर्दै संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को प्रस्तावलाई गएको हप्ता अमेरिकाले भिटो गरेको भन्दै व्यापक आलोचना भएको थियो । यसको सट्टामा अमेरिकाले अस्थायी युद्धविरामकाे प्रस्ताव गरेको छ भने इजरायललाई दक्षिणी गाजाको शहर रफाहमा आक्रमण नगर्न चेतावनी दिएको छ ।

गएको अक्टोबर ७ तारिखमा १२ सय जनाको ज्यान जाने गरी हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले अहिले बदला लिइरहेको छ । बदलाका क्रममा गाजामा झन्डै ३० हजार जनाको ज्यान गएको छ भने शहर लगभग ध्वस्त भइसकेको छ । हमासले दुई सय ५३ जनालाई बन्धक बनाएकोमा अझै केही रिहा हुन बाँकी छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया