अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालले २ रजत र ४ का...
बैशाख १४, २०८१ शुक्रबार
युएई – आँखाको क्यान्सर लागेर पीडित बनेका बालकलाई खोटाङ समाज युएईले आर्थिक सहयोग गरेको छ ।
दाँया आँखामा क्यान्सर लागेर कान्तिबाल अस्पतालमा उपचार गराइगहेका खोटाङको मझुवागढी ३ बाम्राङ सामातुङका ५ वर्षे अंकित राईलाई समाजले २९ हजार ५५० रुपैयाँ सहयोग गरेको हो ।
संस्थाकी प्रथम उपाध्यक्ष भगवती चाम्लिङको संयोजनमा एक हप्तामा संकलन गरिएको रकम बुधवार अस्पातलमा पुगेर बिरामीका बुवा बिदेश राईलाई हस्तान्तरण गरिएको अभियानका सहसंयोजक नारायण बस्नेतले जानकारी दिनुभयो ।