अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालले २ रजत र ४ कास्य जित्यो

 बैशाख १४, २०८१ शुक्रबार १३:९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा नेपालले २ रजत र ४ कास्य पदकसहित कुल ६ वटा पदक जितेको छ । अन्तर्राष्ट्रिय उसु महासङ्घको आयोजनामा जियाङ्सु प्रान्तको जियानझिङमा भएको प्रतियोगितामा नेपालले सान्सौँ विधातर्फ एकलमा २ रजत र २ वटै कास्य पदक जितेको छ ।

यस्तै थाउलो विधाको एकल र टिम इभेन्टमा पनि नेपालले समान १/१ कास्य पदक जितेको छ । सान्सौँ विधाको पुरुष ८० केजी तौल समूहमा सञ्जिव महर्जन र त्यही विधाको महिला ५६ केजी तौल समूहमा विद्या गुरुङले रजत पदक जितेका चीनबाट उसु प्रशिक्षक निकेश श्रेष्ठले जानकारी दिनुभयो ।

स्वर्ण पदक ल्याउन नसके पनि सञ्जिव र विद्या दुवै नोभेम्बरमा अस्ट्रेलियामा हुने उसुको सान्सौँ विश्वकपमा छनाेट हुन सफल भएका छन् । सान्सौँतर्फ नेपालले यसअघि अस्ति बुधवार दुई वटै कास्य पदक जितेको थियो । लुमन्ती श्रेष्ठले महिला ६५ केजी र किरण सिंह साउदले ९० केजी तौल समूहमा कास्य पदक जितेका थिए ।

 यस्तै प्रतियोगिताको अन्तिम दिन हिजो थाउलो विधाको नानछ्वानमा नेपालका दीपक हमालले कास्य पदक जितेका थिए । थाउलोतर्फकै तुईलिन विधाको टिम इभेन्टमा नेपालका पुरुष खेलाडीले अर्को एक कास्य पदक जिते । विजय सिन्जाली, दीपक हमाल र राजिव गुरुङले पुरुष टिम इभेन्टमा थप कास्य पदक जितेका प्रशिक्षक निकेश श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागिता जनाउन २० सदस्यीय नेपाली उसु टोली गएको आइतवार त्यसतर्फ प्रस्थान गरेको थियो । अब आउने सोमवार नेपाली टोली स्वदेश फर्किने प्रशिक्षक श्रेष्ठले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया