सीप विकास तालिमबाट थप ५० हजार रोजगारी सृजना गर्न १ अर्ब बजेट

 जेठ १५, २०७७ बिहिबार १७:२१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले कोरोनाको कारण रोजगारी गुमाएका र तत्कालै रोजगारी सृजना भई पुनर्उत्थान हुन नसक्ने श्रमिकका लागि सीप विकास तालिम सञ्चालन गर्न १ अर्ब रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै यस्ता श्रमिकको सीप रुपान्तरण गरी अन्यत्र काम गर्नका लागि थप ५० हजार रोजगारी सृजना हुनेगरी सीप तालिम सञ्चालन गर्ने बताउनुभएको हो ।

त्यसका लागि सरकारले संघ र प्रदेश स्तरमा उत्पादन र सेवा क्षेत्रका हस्तकला, प्लम्बिङ्, बिजुली मर्मत, व्यूटीपार्लर , कुक, कालीगढ, सिकर्मी, सिलाई कटाई लगायतका सीप विकास तालिम सञ्चालन गर्ने मन्त्री खतिवडाले बताउनुभयो ।

कोरोनाको कारण नेपालमा रहेका विदेशी कामदारहरु फर्किएपछि त्यस क्षेत्रमा सृजना भएका रोजगारीका अवसरलाई नेपालीले पाउनेगरी सीप विकास तालिम सञ्चालन गर्ने सरकारको योजना रहेको छ ।

तपाईको प्रतिक्रिया