सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा

 बैशाख १४, २०८१ शुक्रबार १८:३५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सहकारी प्रकरणमा मुछिएका दीपेश पुन आज धरौटी रकम जम्मा गरी रिहा भएका छन् ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले रिहा गर्न आदेश दिएको एक हप्तापछि पुन धरौटी रकम जम्मा गरेर रिहा भएका हुन् । जिल्ला अदालत रुपन्देहीमा चार लाख रुपैयाँ धरौटी बुझाएपछि उनलाई छाडिएको रुपन्देही प्रहरीले जनाएको छ ।

गएको शुक्रवार रुपन्देही जिल्ला अदालतले थुनछेक बहसपछि छ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पाँच जना शुक्रवार नै छुटेका थिए । तर धरौटी बुझाउन नसकेपछि पुन कारागारमा थिए । उनी पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन् ।

यसैबीच प्रहरीले सुन तस्करी प्रकरणमा छानबिन गर्न सीआईबीको जिम्मा लगाएको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया