बाँकेको जमुनाह नाकामा निर्मित एकीकृत भन्सार जाँच चौकी सञ्चालनमा

 बैशाख २४, २०८१ सोमबार १५:१९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बाँकेको नेपालगञ्जमा रहेको जमुनाह नाकामा निर्मित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

गएको वर्ष जेठ १८ गते नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियोमार्फत जाँच चाैकीको उद्घाटन गर्नुभएको भए पनि सञ्चालनमा आएको थिएन । आज उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुभारम्भ गर्नुभएको भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिनुभयो ।

एकीकृत जाँच चौकी निर्माणका लागि नेपाल र भारतबीच १८ वर्षअघि नै सम्झौता भए पनि निर्माण कार्य २०७५ सालमा शुरु भएको थियो । नेपाल र भारत दुवैतर्फ निर्माण भएको एकीकृत जाँच चौकी भारतीय पक्षकै लगानीमा निर्माण भएको हो । जाँच चौकी निर्माणमा झन्डै दुई अर्ब ७५ करोड रुपैयाँ खर्च भएको छ ।

जाँच चाैकी सञ्चालनमा आएकाले अब आयात तथा निर्यातकर्ताले कम समयमै सहज रूपमा वस्तु आयात–निर्यात गर्न सक्ने भन्सार अधिकृत विश्वकर्माले बताउनुभयो । अब ट्राफिक जाम नहुने, भन्सारमा हुने गरेको चोरी–पैठारीमा कमी आउने र राजस्व चुहावट पनि रोकिने सरकारको अपेक्षा रहेको छ ।

यसअघि सडकमै गाडी रोकेर भन्सार जाँच पास गर्नुपर्ने बाध्यता थियो । जाँच चौकी स्थलमा भन्सार कार्यालय, पशु र प्लान्ट क्वरेन्टीन, गोदाम, खाद्य प्रविधि तथा गुण नियन्त्रण, सुरक्षा ब्यारेक, बैंक काउन्टरलगायत कार्यालय रहने गरी संरचना निर्माण गरिएको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया