यूएईमा रहेको नेपाली दूतावासले प्रत्येक हप्ताको सोमबार मात्रै राहदानीको ‘अपोइन्टमेन्ट’ खुला गर्ने

 जेठ ३०, २०८० मंगलबार १६:५६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – के तपाईँ यूएईमा हुनुहुन्छ र राहदानीको अवधि सकिएर दूतावासबाटै नवीकरण गर्नेबारे सोचिरहनुभएको छ । यदि त्यसो हो भने ढिलो नगरी अपोइन्टमेन्ट लिनुहोस् ।

किनकि आवेदन दिएको एक महिनापछि मात्र तपाईँले दूतावासमा गएर फोटो खिच्ने मिति पाउनुहुन्छ । दूतावासले प्रत्येक हप्ताको सोमबार बिहान ११ बजे राहदानी आवेदनको फारमका लागि अपोइन्टमेन्ट खेल्ने गरेको छ । प्रत्येक हप्ताको सोमबार बिहान ११ बजेभन्दा बाहेक अरू दिन र अरू समयमा आवेदन दिन खोज्दा सिस्टमले दिने छैन ।

यसरी तोकिएको दिनमा तोकिएको समयमा अनलाइन सिस्टमबाट अपोइन्टमेन्ट लिँदा एक महिनापछिको समय पाइन्छ । 

राहदानीको अवधि १ वर्षभन्दा कम भएकाहरूले नयाँ राहदानीको लागि आवेदन दिन सक्छन् । यसअघि एमआरपी भएकाहरूले नवीकरण गर्दा भने विद्युतीय राहदानी नै पाउँछन् ।

दूतावासबाट राहदानीको आवेदन दिँदा कार्यालयमा उपस्थित भएर फोटो खिचाएको एक महिनाभित्र राहदानी हात पर्ने राहदानी विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया