स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न विद्यालयहरुलाई पाठ्यक्रम विकास केन्द्रको आग्रह

 चैत १७, २०८० शनिबार ९:३३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – पाठ्यक्रम विकास केन्द्रले स्वीकृत भएका पाठ्यपुस्तक तथा पाठ्यसामग्री मात्र प्रयोग गर्न विद्यालयहरुलाई आग्रह गरेको छ । सबै पालिका, सामुदायिक तथा संस्थागत विद्यालयहरूका नाममा सूचना निकालेर केन्द्रले स्वीकृतप्राप्त पाठ्य तथा सिकाइ सामग्री मात्र प्रयोग गर्न आग्रह गरेको हो ।

शिक्षा नियमावलीमा विद्यालयहरूले प्रयोग गर्ने थप पाठ्यसामग्री तथा पाठ्यपुस्तक पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेको हुनुपर्ने प्रावधान छ । यस्तै पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका बमोजिम गठित पाठ्यसामग्री व्यवस्थापन तथा मूल्याङ्कन समितिको सिफारिसका आधारमा विद्यालय तहका पाठ्यसामग्री सूचीकरण गर्ने व्यवस्था छ ।

पाठ्यक्रम विकास केन्द्रले हरेक वर्ष पाठ्यपुस्तक तथा सिकाइ सामग्री स्वीकृत गरी सूचीकरण गर्दै आएको छ । यसरी सूचीमा रहेका पूर्व प्राथमिकदेखि कक्षा १२ सम्मका पाठ्यसामग्री मात्र प्रयोग गर्न केन्द्रले आग्रह गरेको हो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया